विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका लागी राइनास नगरपालिकाले के कस्ता काम गर्दैछ ? विकास निमार्णका लागी के के काम गर्दैछ ? लगायतका विषयमा केन्द्रित रहेर लमजुङको राइनास नगरपालिकाका प्रमुख सिंह बहादुर थापासँग गरिएको कुराकानी:
कोराना भाइरस नियत्रण तथा रोकथामका लागी नगरपालिकाले के कस्ता काम गर्देछ ?
हामीले कोभिड - १९ रोकथाम तथा नियन्त्रणका लागी राइनासनगरपालिकासँग सिमाना जोडिएका नाकाहरुमा हेल्थ डेस्क राख्ने काम ग¥यौ । सबै वडामा स्वास्थ्यकर्मीहरुलाई परिचालन गरी सबै स्वास्थ्य संस्थामा स्यानीटाजर, मास्क वितरण ग¥यौ । कोराना भाइरस संक्रमणबाट मानिसहरु आक्रान्त नहोस भनेर पालिकाको सबै वडाहरुमा माइकिङ गरेर कोराना भाइरस के हो ? कसरी सर्छ ? कसरी बच्ने भन्ने सचेतनामुलक सूचना दिइ सचेत गराऔँ । सबै वडाहरुमा क्वारेन्टिन निमार्णका लागी एक÷एक लाख वितरण गरी सबै वडाहरुमा क्वारेन्टिन निमाार्ण गएका छौ ।
कति जना बसे क्वारेन्टिनमा हालसम्म ?
९ वटा स्थनामा निमार्ण गरएको क्वारेन्टिनमा ४१ जना बसेर घर फर्केका छन् । हाल क्वारेन्टिनमा ५ जना छन् ।
कोरोना भाइरस नियन्त्रणका लागी कति बजेट विनीयोजन गरिएको थियो ? कति खर्च भयो ?
अहिलेसम्म राहत वितरण, स्वास्थ्य सामग्री खरिद लगायतका विषयमा ५१ लाख रुपैया खर्च गरेका छौ । लमजुङ विपद व्यवस्थापन समितिले जिल्ला स्तरीय क्वारेन्टिन निमार्णका लागी सबै पालिकाहरुसँग पैसा मागेको थियो । हामीले ८ लाख रुपैया दिएका छौँ । नेपाल सरकारले हरेक पालिकाले कोराना कोषमा विपद व्यवस्थान कोषमा १ करोड रुपैया राख्न निर्देशन भए अनुसार हामीले ६० लाख राख्यौ पैसा पुगेन । यस आर्थिक वर्षमा खर्च हुन नसकेका रकम कोराना कोषमा राख्ने निर्णय भएको छ ।
कति जनालाई राहत वितरण गर्नुभयो ?
एक हजार ८ सय जना गरिव विपन्न ज्यालादारी गरेर खाने मजदुरलाई खाद्यन्न वितरण ग¥यौ ।
विदेशमा हुनेहरुको नाम संकलन भएको छ ? कति जना छन् विदेशमा यस पालिकाका युवाहरु ?
नामावली संकलन भइसकेको छ । यस पालिकाका कामको सिलसिलामा अरेवियन देशमा ७ सय ७४ र युरोपियन देशमा ५ सय गरि एक हजार २ सय ७४ जना विदेशमा हुनुहुन्छ ।
तपाई राइनास नगरपालिकाको नगर प्रमुख भएको ३ वर्ष बित्यो । तपाईले ३ वर्षमा के के गर्व गर्न लायकका काम गर्नुभयो ?
चुनावमा जनतासँग नगरपालिका प्रमुख भए भने यो यो गर्छु भनेर गरेका प्रतिवद्धता सबै काम ९० प्रतिशत पुरा भएको छ । म निर्वाचित हुनु अघि राइनास नगरपालिका भित्र एक इन्च पनि सकड कालोपत्रे भएको थिएन । अहिले २३ किलोमिटर सडक कालोपत्रे गर्ने कामका लागी शुरुवात हुदैछ । १३ किलोमिटर सडक कालोपत्रे भएको छ ।
१० किमी धमिलीकुवा बोराङखोलासम्म कालोपत्रे गर्ने कामको शुरुवात हुदैछ । हर्राबोट प्यारजुङ सडक खण्ड कालोपत्रे गर्ने काम शुरु हुदैछ । बोराङखोलादेखि प्यारजुङसम्म प्रदेशको बजेटबाट कालोपत्रे काम शुरु भएपछि मैले वाचा गरेको राइनास चक्रपथ सडक निमार्ण कार्य पुरा हुन्छ । राइनास सिंचाइ आयोजना मर्मत कार्य हुदैछ, प्रदेश सरकारको सहयोगमा बहुवर्षे पुन निमार्ण डिपिआर कार्य अगाडी बढिरहेको छ । सबै घरलाई उज्यालो बनाउने कार्य अगाडी बढिरहेको छ ।
प्रदेश सरकारको सहयोगमा सबै काठका पोल विस्थापित गरि स्टील, फलामको विजुलीको पोल राख्ने काम भइरहेको छ । जुन कुराहरु मैले वाचा गरेका थिएँ । शैक्षिक क्षेत्रमा राइनास नगरपालिकामा क्याम्पस निमार्ण गर्ने बाचा कबोल गरेका थिए । सिटीइभिटीबाट प्राविधिक शिक्षालय क्याम्पस स्थापना भइरहेको छ । अस्पताल बनाउने वाचा गरेका थिए । अस्पताल बनाउन डिपिआर अगाडी वढेको छ । राइनासमा वृहत खानेपानी आयोजना स१चालनमा रहेका छन् । सबै वाचाहरु प्रतिवद्धताहरुको काम पाइप लाइनमा छ । ९० प्रतिशत सम्पन्न भएका छन् भने अव २ वर्षमा सबै प्रतिवद्धताहरु पुरा गराएर छोड्छु ।
छैटौ नगरसभाले राइनास नगरपालिकालाई कति बजेट पारित ग¥यो ?
६० करोड ८४ लाख ८६ हजार ८ सय ३० रुपैयाँ बजेट नगरसभाबाट पारित गरि सार्वजनिक गरेका छौ । जस मध्ये धेरै वजेट सशर्तछ । केही बजेट नगरपालिका भवन निमार्णका लागी विनीयोजन गरिएको छ ।
राइनास नगरपालिकाको पहिचान के हो ? यहाँको सम्भाव्यता के हो ?
राइनास नगरपालिका नेपालको ऐतिहासिक नगरपालिका भित्र पर्छ । नेपालको एकिकरण यही पालिकावाट शुरुवात भएको हो । राइनासकोटमा द्रव्य शाहले राज्य गर्थे । द्रव्य शाहले लिगलिगमा दौडेर जितेपछि राजा भएका थिए । उनका नाति पुथ्वी नारायण शाहबाट नेपाल एकिकरण भएको हो । अंग्रेजको युद्धमा यहाँका वीर भक्ति थापाले वीरगति प्राप्त गरेका थिए । उनको ३० फिट अग्लो शालिक निमार्ण गरि हामीले राइनासमा भक्तिथापा पार्क बनाउँदैछौ । राइनासकोट गढीको संरक्षण गर्देैृछौ । कोटमा मिनी दरवार निमार्ण गर्दैछौ । राइनासकोटमा नेपालकै ठूलो झण्डा राख्दैछौ । राइनासलाई चिनाउने राइनासटार सिंचाइ आयोजना छ । जुन आयोजनाबाट एक हजार हेक्टर जमिन सिंचाइ हुन्छ । राइनासकोटबाट १६ जिल्ला देखिन्छ भने सबै हिमश्रृखला देख्न सकिन्छ । राइनासकोट प्राकृतिक छटाले भरिपूर्ण छ । राइनासकोटमा आएको मान्छे लिगलिग र लिगलिगकोटमा आएको मान्छे राइनासकोट जाओस भनेर पालुङटार नगरपालिका र राइनास नगरपालिका भएर पदमार्ग बनाउदैछौ ।
यस पालिका भित्र राष्ट्रिय योजना के के छन् ?
मध्यपहाडी मार्ग, राइनासटार वृहत खानेपानी आयोजना केन्द्रिय सरकारबाट चलिरहेको छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा तपाईको मिडिया मार्फत मेरो केही कुरा राइनास नगरपालिकाको गतिविधि सुनाउने अवसर दिनुभएकोमा मेरो व्यक्तिगत तर्फबाट नगरपालिकाको तर्फबाट तपाईलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु । विकास निमार्णमा राइनासवासीलाई एकता हुन आव्हान गर्छु ।